ट्युनिसियालाई ५–१ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ।
बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे। यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे। ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए।
कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपुर्ण खेल खेलेको हो।