महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन (फोटो फिचर)

File photo
File photo

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ।

काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो।

सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनावरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो।

संग्राहलयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरु राखिएको छ।

प्रकाशित मिति: : 2022-09-30 17:24:00

प्रतिकृया दिनुहोस्