गठबन्धनमा जसपा असन्तुष्ट, अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने निर्णय

जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाँटमा कांग्रेस लचिलो नभए अन्यदलसँग मिल्ने विकल्प खुलाउने निर्णय गरेको छ।

सत्ता गठबन्धन बाहिरका अन्य राजनीतिक दलहरूसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको जसपाका एक नेताले जनाएका छन्।

पार्टी कार्यालयमा जारी केन्द्रिय कार्यकारिणी समिती बैठकमा अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म गठबन्धन र शीर्ष नेताबीच चुनावी तालमेलका विषय ब्रिफिङ गरेकाे एक पदाधिकारी बताउँछन्।

पाँच दलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ। स्राेतकाअनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ। मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, 'हाम्रो पार्टीको समेत सहभागितामा रहेको पाँच दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ।'

प्रकाशित मिति: : 2022-10-01 17:51:00

प्रतिकृया दिनुहोस्