बझाङमा एमालेको अग्रता कायमै, माओवादी दाेस्राे स्थानमा उक्लियाे

बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ।

पछिल्लो मत गणनाको विवरणअनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले १ हजार ५९३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन्।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

प्रकाशित मिति: : 2024-04-28 18:02:00

प्रतिकृया दिनुहोस्