इलामा–२ मा काँग्रेसको सुरुवाती अग्रता, घण्टी पुछारमा

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसले सुरुवाती अग्रत लिएको छ। काँग्रेसका डम्बर खड्काले ६ सय ५७ मत ल्याउँदै सुरुवाती अग्रता लिएको हो। 

खड्कालाई एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याएका छन्। उनले ५ सय ३४ मत ल्याएका छन्। 

रोचक त के भएको छ भने सुरुवातमा नै आशा गरिएका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु प्रतिष्पर्धाको पुछारमा छन्। 

उनले मात्र १ सय १५ मत ल्याएका छन्। उनी भन्दा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम १ सय ८७ मत ल्याउँदै तृतीय स्थानमा छन्। 

इलाम २ मा १९ जना प्रतिष्पर्धामा छन्। प्रतिष्पर्धामा रहेका १९ जनामध्ये ५ जनाले सुरुवातमा खातै खाेल्न सकेका छैनन्।

जसमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले खाता खाेलेनन्। 

मतगणना फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट भएको थियो। वडा नम्बर १ को मतगणना सकिएको छ। 

प्रकाशित मिति: : 2024-04-28 15:00:00

प्रतिकृया दिनुहोस्