कता हरायो दशैं ?

लोकान्तर

गोपी मैनाली

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति बनेको छ ।

कर्मका खातिर घर परिवार र आफ्नो समाजबाट पर रहेकालाई दशैंले जोड्दै ल्याएकोछ । वृत्तिमा बाँडिएर देश परदेशमा रहेकालाई उन्दै ल्याएको छ । पसिना र परिश्रममा रहेकालाई मालामा उनेको छ । वर्षको पर्वका रूपमा दशैंले एकपटक सबैलाई जोड्छ । टीका, पूजा, रमाइलो त फगत प्रतीक हो । वास्तविकता चाहिँ सम्मिलन हो, सौहाद्र्रता हो । दशैं आएर त परिवार सँगै रहेर सम्बन्ध र ममत्वलाई ताजा बनाउँछन् ।

त्यसैले यो विशुद्ध सामाजिक सम्मिलन हो । जहाँ बूढीआमा सन्तानलाई वरिपरि राखेर सिर्जना संस्कृतिलाई ताजा बनाउँछिन्, बुवा–दाजुहरू कर्तव्यले अभिभावकत्व देखाउँछन् । परिपक्व भैसकेका सन्तानहरू आमाबुवाका वलयमा बालवयमा फर्किन्छन् र निश्छलताको आस्वाद गर्छन् । स–साना नानाबानाहरू आफैँलाई भुलेर बालशुलभ रमिता गर्छन् । साथीसंगातिहरू आ–आफ्नै ल्फ्यासब्याकमा हराउँछन् । त्यसैले दशैं आफैंलाई भुल्ने महान पर्व हो । 

प्रकाशित मिति: : 2022-10-04 12:37:00

प्रतिकृया दिनुहोस्