प्रचण्डले छाडेपछि रविले पनि छाडे चितवन- ३

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन– २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निश्चित भएको छ। चुनावको मनोनयन दर्ता गर्ने दिन आज उनले चितवन– २ लाई फाइनल गरेका हुन्।

यसअघि उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाैति दिन चितवन– ३ बाट चुनाव लड्ने घाेषणा गरेका थिए। तर, प्रचण्ड गाेरखा क्षेत्र नं. २ मा गएपछि रविले पनि चितवनकै क्षेत्र नं. २ मा जाने निर्णय गरेका छन्।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्।

प्रकाशित मिति: : 2022-10-09 09:22:00

प्रतिकृया दिनुहोस्