झापा-५ बाट युग पाठकले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

लेखक युग पाठकले झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि क्षेत्र हो।

पाठकले दिउँसो १ः४५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी गराएका थिए। उम्मेदवारी दर्तापछि उनले क्षेत्र नं. ५ का जनताका लागि काम गर्न उम्मेदवार दिएको उल्लेख गरेका छन्।

उनले शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा-५ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गरिएको बताएका छन्।

यसैगरी कांग्रेस त्याग गरी वीपी कांग्रेसमा प्रवेश गरेका पत्रकार समेत रहेका युवा शेखर सेढाईले पनि क्षेत्र न. ५ बाट संघीय संसदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2022-10-09 17:37:00

प्रतिकृया दिनुहोस्