जनमत : टिकट वितरण गाईजात्रा झैँ भयाे, राम्राे उम्मेदवार पाउनै सकिएन (भिडियाे)

BreaknLinks
BreaknLinks

आगामी मसिंर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनका लागि दलहरूले गरेकाे टिकट वितरण प्रक्रियाका कारण राजनीतिक वृत्तमा केही तरङ्गहरू पैदा भएका छन्। पार्टी अध्यक्षहरूले टिकट वितरणका क्रममा गरेकाे भेदभावकै कारण केही नेताले पार्टी परित्याग गरे भने केही दल विचार र सिद्धान्त नमिल्ने पार्टीसँग हात मिलाउने पुगे। जसकारण भविष्यमा राजनीतिक काेर्स नै फेरिन सक्ने सम्भावनाहरू देखापर्न थालेका छन्।

पार्टी अध्यक्षहरूले टिकट वितरणका क्रममा गरेका सवल र दुर्वल क्रियाकाे प्रभाव जनतामा पनि पर्छ। जसकारण जनतामा उल्लास र निराशा दुबै देखिन्छ। के पार्टी अध्यक्षहरूले पठाएका उम्मेदवारलाई जनताले रूचाएका छन् त ? चुनवाकाे टिकट वितरणप्रति मतदाताकाे भनाइ के छ ? भनेर हामीले काठमाडाैँस्थित नयाँ बानेश्वरका केही मतदाताहरूलाई प्रश्न गरेका छाैँ:


भिडियाे:

प्रकाशित मिति: : 2022-10-12 20:33:00

प्रतिकृया दिनुहोस्