सी र पुटिनविरुद्ध कू गरिएको भनी किन चल्यो हल्ला ?

लोकान्तर

विन्देश दहाल

विगत २० दिनमा अमेरिकाका दुई रणनीतिक प्रतिस्पर्धी चीन र रुसका राष्ट्रप्रमुखहरूलाई कूमार्फत हटाइएको झूटो हल्ला चलाइएको छ । आफूलाई मन नपरेको शासकलाई सत्ताच्युत गर्ने अमेरिकाको इतिहासलाई मनन गर्दा कूको यो हल्ला प्रतिस्पर्धीहरूका विरुद्ध अमेरिकाले चलाएको मनोवैज्ञानिक युद्धको एक अंग भएको संकेत पाइन्छ ।

गत सेप्टेम्बर २४ मा चीनका राष्ट्रपति सी चिनपिङलाई चिनियाँ जनमुक्ति सेनाले कूमार्फत हटाएको हल्ला सामाजिक सञ्जालमा चलाइयो । पश्चिमका मूलधारे सञ्चारमाध्यमले यस विषयमा कुनै सामग्री प्रकाशित नगरेको भए पनि व्यावसायिक मर्यादाको धज्जी उडाउन माहिर भारतका मूलधारे सञ्चारमाध्यमले चाहिँ जोडतोडका साथ यो झूटो खबर प्रकाशन/प्रसारण गरे । 

प्रकाशित मिति: : 2022-10-12 17:07:00

प्रतिकृया दिनुहोस्