‘भगवत् गीता’बारे झरनालाई चेतावनी : श्रीमद्भागवदका नाममा अन्तरजातीय प्रेम कथा नदेखाइयाेस्

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको ‘भगवत् गीता’ चलचित्र विवादमा परेको छ। उक्त चलचित्रलाई हिन्दू जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको हो।

‘भगवत् गीता’को कथावस्तुमा अन्तरजातीय विवाहसहितका विषयमा निर्माणहुनु अनुचित रहेकाले त्यसलाई सच्याउन आग्रहसहित पत्र बुझाइएको हो।

‘हालै चलचित्र निर्माणको लागि झरना थापाज्यूले श्रीमद्भगवद् गीता नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ। यस्ता दुष्कृत्यलाई दोहोर्याउन खोजेको स्पष्ट देखिन्छ। त्यसैले यदि श्रीमद्गवद्गीताको पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरी चलचित्रका दृश्यश्रव्य कथा छन् भने मात्र प्रसारण होस्। साथै कुनै पनि चलचित्र निर्माण र प्रसारणको अवस्था आएको खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरी कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्यमान्यतामा आघात नहुने गरी मात्र निर्माण र प्रसारणको अनुमति दिनहुन समेत अनुरोध गर्दछौं,’ उजुरी पत्रमा उल्लेख गरिएको छ।

फिल्ममा नायीकाको मुख्य भूमिकामा भने सुहाना थापा रहेकी छन्। चलचित्रका निर्माता सुनिलकुमार थापाले आफूहरुले धार्मिक फिल्म बनाउन नलागेको स्पष्ट पारेका छन्। ‘हामीले धार्मिक कथावस्तुमा फिल्म बनाउन लागेका होइनौँ। स्वयं हामी धर्मप्रति संवेदनशील छौं। अभिनत्री सुहाना स्वयं कृष्णभक्त हुन्,’ निर्माता थापाले भने।

उनले भन्छन्,‘हामीले भागवद् गीता नभएर भगवत् गीता बनाउन लागेका हौँ।’

प्रकाशित मिति: : 2022-10-12 17:56:00

प्रतिकृया दिनुहोस्