चुनावको चटारो

गोरखापत्र

काठमाडौं

आगामी मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५, समानुपातिकतर्फको ११० र प्रदेशतर्फको ३३० र समानुपातितर्फ २२० जना जनप्रतिनिधिहरू चुनिँदै छन्। नेपालले  लोकतान्त्रिक संविधान प्राप्त गरेको छ। मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ। सबैलाई समेट्ने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ।

२०४७ सालको संविधानको तुलनामा वर्तमान संविधानमा धेरै प्रकारका लोकतान्त्रिक व्यवस्थाहरू गरिएका छन्। सङ्घीय शासन प्रणालीको अवलम्बन, गणतन्त्रात्मक राष्ट्रको व्यवस्था र धर्म निरपेक्षतालाई यसको महìवपूर्ण लोकतान्त्रिक परिवर्तनका रूपमा मानिएको छ। यसका अतिरिक्त समावेशी नीतिको व्यवस्था, मानव अधिकार र मौलिक हकको प्रत्याभूति यस संविधानका सुन्दर पक्षहरू हुन्। 

प्रकाशित मिति: : 2022-10-13 11:45:00

प्रतिकृया दिनुहोस्