सेवा गर्ने मौका दिनुहोस,तपाईहरुले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउनेछुः रेखा

BreaknLinks
BreaknLinks

अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए गौरव गर्ने जनताले गौरव गर्ने जनप्रतिनि बनेर देखाउने बताएकी छिन्।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रवार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन्।  

रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरु पुरा गर्ने बताईन्। 
यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताईन्।

उनले आफू कुराभन्दापनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाईन्।

थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी,सुकुम्वासी समस्या लगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताईन्। 
म आट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु,मलाई एकपटक सेवा गर्न दिनुहोस्, सिर्फ पाँच वर्षका लागि,’ उनले भनिन्, ‘म यो ठाउँकी छोरी हुँ। धेरै बोल्न र नेताहरूजस्तो अभिनय गर्न जान्दिनँ। मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन। कलाकारको तुलनामा नेताहरू बोल्न र अभियन गर्न सिपालु हुन्छन्।’

उनले आफुलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन्।
‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौं तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘ यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ। 
रेखाको चुनावी घरदैलोमा जनताको उत्साहजनक सहभागिता देखिएको छ।

प्रकाशित मिति: : 2022-10-14 11:48:00

प्रतिकृया दिनुहोस्