नवौं राष्ट्रिय खेलुकद : सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन्।

पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन्।

१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन्। ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन्।

प्रकाशित मिति: : 2022-10-15 15:53:00

प्रतिकृया दिनुहोस्