लोकप्रिय गायक मेक्सम खातीको आवाजमा ‘हैन होला र’ गीत सार्वजनिक भएको छ।
उक्त गीत शुक्रबार मेक्सम-नरेश युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतकाे शब्द/संगीत नरेश खातीको रहेको छ भने मेक्सम खाती र माया पुनले स्वर दिएका छन्। उक्त गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन्।
म्युजिक भिडियोमा नायिका शिल्पा पोख्रेल र मेक्समकाे अभिनय रहेकाे छ।
'यसअघि पनि बजारमा आएका मेरो सृजना र मेक्समको आवाजलाई धेरै दर्शकहरूले माया गरिदिनु भएको थियो। यो गीतलाई पनि त्यसरी नै माया गरिदिनु हुन्छ भन्नेमा धेरै आशा राखेका छौं, सर्जक नरेश खातीले भने।