नवौं राष्ट्रिय खेलकुदमा आर्मी पहिलो

विभागिय टिम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ।

१ सय ७२ स्वर्ण पदकसहित आर्मीले उपाधी कब्जा गरेको हो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो। आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको हो। सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो भएको छ। ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ।

घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो। प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ। गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १ सय २० पदक जितेको हो। बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो।

प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदुरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक पाएको छ। लुम्विनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेश प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ।

सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक/एक स्वर्ण पदकको खेल स्थगित भएको थियो। ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन्। खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालन गरिएको थियो।

प्रकाशित मिति: : 2022-10-21 06:40:00

प्रतिकृया दिनुहोस्