आयरल्यान्डसँग पराजित भएसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिर

File photo
File photo

दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ। शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो। आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पाएको आयरल्यान्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ।

आयरल्यान्डको जितमा लुर्कान टकरले ४५ र पउल स्टिरिलिङले ६६ रनको पारी खेले। 

प्रकाशित मिति: : 2022-10-21 13:24:00

प्रतिकृया दिनुहोस्