राप्रपाको घोषणापत्र सार्वजनिक (तस्बिरहरु)

राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 

काठमाडौंमा सोमबार राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। 

अभिभावकीय रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज, वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र, एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने, ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’, राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्नेजस्ता विषयलाई राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ। 

 

प्रकाशित मिति: : 2022-10-31 13:11:00

प्रतिकृया दिनुहोस्