घोषणापत्रको विश्वसनीयता

डेंगुको संक्रमण अझै रोकिएको छैन। तीन महिनादेखि तीव्र गतिमा विस्तारित भएको डेंगुबाट संक्रमितको प्रभाव तीन वर्ष लामो कोरोनाको हाराहारीमा पुग्न लागिसकेको छ। असरको हिसाबमा त्यसलाई पनि जित्ने स्थितिमा रहेको संक्रमणको पीडाबाट गुज्रिँदैछौं।

तर, सरकारले यसलाई अझै गम्भीर रूपमा लिएको छैन। तीनै तहका सरकार यसमा मूकदर्शक छन्। केन्द्र सरकार त झनै बढी संवेदनाहीन छ। केही चिकित्सकबाहेक यस विषयमा सरकारका कुनै पनि तह वा एजेन्सी बोल्ने आवश्यकतासमेत देख्दैनन्।

सडक बस्तीमा जमेको पानी फाल्ने, औषधि छर्किने, सरसफाइ गर्ने, रोगको संक्रमणले छटपटाएकालाई चिकित्सकीय सल्लाह दिनेजस्ता कार्य कुनै पनि लोककल्याणकारी राज्यको आधारभूत दायित्व हो। तर, सरकार बोल्दैन, केही गर्दैन। सरकारले यसको परीक्षण निःशुल्क गर्नुपर्ने हो। 

प्रकाशित मिति: : 2022-11-01 16:39:00

प्रतिकृया दिनुहोस्