युईएफए च्याम्पियन्स लि: टोटनहम र फ्रयांकफर्ट अन्तिम १६ मा

File photo
File photo

युईएफए च्याम्पियन्स लि अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम  १६ मा प्रवेश गरेका छन्।

क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान एक एक गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २(१ ले निराश पार्यो। फ्रेन्च लिग वान क्लबविरुद्ध अंक बाँडेमा मात्र पनि टोटनहमलाई नकआउट चरणमा प्रवेश गर्न सफल हुने थियो।

टोटनहमले सन् २०१९–२० पछि च्याम्पियन्स लिगको समूह चरण पार गरेको पहिलो पटक हो। यस्तै,  फ्रयांकफर्टले अन्तिम १६ को टिकट काट्ने क्रममा स्पोर्टिङ लिस्बनलाई २(१ ले हरायो।

६ खेलमा ११ अंक जोेडेको टोटनहम समूह डी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा  फ्रयांकफर्ट १० अंकसहित समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो। तेस्रो स्थानको स्पोर्टिङ लिस्बनको सात अंक रह्यो भने चौथो स्थानको मार्सेलीको ६ अंक रह्यो। दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन्। 

प्रकाशित मिति: : 2022-11-02 10:49:00

प्रतिकृया दिनुहोस्