प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा पुलिससामु एक सय ८९ रनको चुनौती

file photo
file photo

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ८९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले पुलिसलाई जितको लागि एक सय ८९ रनको चुनौती दिएको हो। लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनको योगफल बनायो।

लुम्बिनी प्रदेशका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ८८ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७४ रनको योगदान गरेका हुन। त्यसैगरी विशालविक्रम केसीले ३० रनको योगदान दिए भने प्रज्वल थापाले २३ रन जोडे। दुर्गेस गुप्ता र मोहमद हुसेनले समान ११-११ रन जोड्दा कृष्ण कार्कीले नौ रनको योगदान गरे।

बलिङतर्फ नेपाल पुलिस क्लबका दीपेन्द्रसिह ऐरी एक्लैले चार विकेट लिए भने करण केसी र सागर ढकालले समान दुई दुई विकेट झारे। त्यसैगरी गुल्सन झा र ललित राजवंशीले एक÷एक विकेट लिए। पुलिस क्लब अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

प्रकाशित मिति: : 2022-11-03 13:51:00

प्रतिकृया दिनुहोस्