मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार डाक्टर सुनिल शर्माले मंसिरपछि बन्ने गठबन्धन सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी/भूमिहीनहरुलाई पहिलो चरणको धनीपुर्जा वितरण गरिसक्ने बताएका छन्।
मोरङ क्षेत्र नम्बर ३ को थपरेमा आयोजित कोणसभालाई सम्बाेधन गर्दै संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार शर्माले आफूहरु आश्वासन दिने मात्र नभइ काम गर्ने बताए।
आफूले यस अघिको निर्वाचन जित्न नसके पनि आफूले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरी काम गर्ने शर्माको भनाइ थियो।
शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठवन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पुरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताए।