अलमलमा आर्थिक विकास

अन्नपूर्ण पोष्ट

गोपीकृष्ण ढुंगाना

नेपालको आर्थिक क्षेत्रको विकास नहुनुमा नीतिगत अस्पष्टता र योजना लागू गर्न नसक्नु नै मूल कारण देखिन्छन्।’ ६ वर्षअघि एसियाली विकास बैंक (एडीबी)ले ‘एसियन आउटलुक–२०१६’ सार्वजनिक गर्दै लेखेको थियो। यसको अर्थ स्पष्ट छ, नेपालमा नीतिहरू बन्छन्, तर अक्षरशः कार्यान्वयन हुँदैनन्। योजना पनि बन्छन् तर कार्यान्वयन हुँदैनन् वा ढिलो हुन्छन्।

अथवा निर्धारित समयमा परिणाम दिने खालका हुँदैनन्। कार्यान्वयन प्रक्रियामा अल्झिनु भनेको काम÷दायित्वप्रतिको उदासीनता हो, प्रतिबद्धतामा ह्रास आउनु हो। अन्य देशमा रातारात बन्ने सडक नेपालमा महिनौं होइन, वर्षौं लाग्छन्। पुलको अवस्था पनि उस्तै हो। बनेका पुल हुन् वा सडक भरपर्दा हुँदैनन्, वर्ष दिन नबित्दै भत्किन थाल्छन्।

प्रकाशित मिति: : 2022-11-04 16:54:00

प्रतिकृया दिनुहोस्