एक महिनासम्म सेक्स नगर्ने कान्येको घोषणा

File photo
File photo

अमेरिकी र्यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कुराकानी र सेक्स गर्न छोड्ने घोषणा गरेका छन्। उनले यो अवधिमा एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन्।

४५ वर्षे र्यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन्। उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको उल्लेख गरेका छन्।

‘म ३० दिनको शुद्धिकरण लिइरहेको छु। एक वर्बल फास्ट, मदिरा हुँदैन, कुनै एडल्ट फिल्म हुनेछैन। कुनै सेक्स हुँदैन। एक महिनासम्म कसैसँग बोल्ने छैन। भगवानको प्रार्थना गर्नेछु। तर मेरो ट्वीटर अहिले पनि आगो लगाइरहेको छ’, उनले ट्वीटेका छन्।

गत महिना कान्येलाई यहुदी विरोधी ट्वीट गरेपछि ट्वीटरले निलम्बन गरेको थियो। तर ट्वीटरका नयाँ मालिक एलोन मस्कले गत साता उनको ट्वीटरलाई फुकुवा गरेका थिए।

प्रकाशित मिति: : 2022-11-05 11:34:00

प्रतिकृया दिनुहोस्