मतदान केन्द्रमा खटिने कर्मचारीले कति पाउँछन् भत्ता ?

निर्वाचन आयाेगले आगामी मंसिर ४ मा हुने आम निर्वाचनकाे तयारी अन्तिम चरणमा पुर्‍याएकाे छ। निर्वाचन मिति आउन मात्रै ११ दिन बाँकी रहँदा आयाेगले मतपत्र छपाइदेखि मतदानस्थलमा सामाग्रीहरू पुर्‍याउने सम्मका काम गरिरहेकाे छ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ४० सिटकाे लागि हुने प्रतिस्पर्धाकाे सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्र ताेकिएकाे छ। भने, आयाेगले निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरी निर्वाचन सम्बन्धी गतिबिधिहरू गरिरहेकाे छ, जसमा ठुलाे संख्यामा कर्मचारी खटिएका छन्।

आयाेगले निर्वाचन सम्पन्न गर्नकाे लागि मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई विशेष सेवा सुविधा उपलब्ध गराउने गर्छ। आयाेगले ४ गते हुने निर्वाचनमा खटिने कर्मचारले पाउने भत्ताकाे विवरण सार्वजनिक गरेकाे छ।

यस्ताे छ, मतदान केन्द्रमा खटिने कर्मचारीकाे दैनिक भत्ता :

मतदान अधिकृत– २५ सय रुपैयाँ

सहायक मतदान अधिकृत– २ हजार रुपैयाँ

सहायक कर्मचारी– १६ सय रुपैयाँ

सहयोगी कर्मचारी– १२ सय रुपैयाँ

स्वयंसेवक– १२ सय रुपैयाँ

र, आयाेगले मतदानस्थल निमार्ण लागि भवन उपलब्ध भएका स्थानमा ७ हजार रुपैयाँ र भवन उपलब्ध नभएका स्थानमा १५ हजार रुपैयाँ खर्च ताेकेकाे छ। मतपेटीका निर्माण तथा निर्माण सामाग्री ढुवानीकाे लागि प्रति मतपेटीका ३ हजार रुपैयाँ र विविध शीर्षकमा ५ हजार खर्च गर्न सक्नेगरी सीमा ताेकेकाे छ।

त्यस्तै सुरक्षा अनुगमन टोलीतर्फ घुम्ती टोली प्रमुख (नवौं वा दशौं तह)काे २५ सय रुपैयाँ, घम्ती टोली सवारी चालक १६ सय रुपैयाँ, घुम्ती टोलीको सवारी साधन इन्धन ३ हजार रुपैयाँ र घुम्ती टोलीको खाजा खर्च २ हजार रुपैयाँ तोकिएको छ।

प्रमुख मतगणक अधिकृत (निर्वाचन अधिकृत)ले प्रति सिफ्ट २५ सय रुपैयाँ, मतगणनाको लागि एकै समयमा १ सयभन्दा बढी मतगणक टोली परिचालन गरिएकोमा प्रमुख गणना अधिकृतले प्रत्येक थप टोलीको लागि १ हजार रुपैयाँ, सहायक मतगणना अधिकारी (अधिकृतस्तर)ले २ हजार रुपैयाँ, सहायक कम्प्युटर अपरेटरले १६ सय रुपैयाँ र कार्यलय सहयोगीले १२ सय रुपैयाँ भत्ता पाउने छन्।

प्रकाशित मिति: : 2022-11-18 11:59:00

प्रतिकृया दिनुहोस्