आम निर्वाचनमा शक्तिको दुरुपयोग

हिमाल खबर

सञ्जोग लाफा मगर

पञ्चायतकालमा म्याग्दीका भीम गौचन र जगत गौचनले विपक्षी उम्मेदवारको सहयोगीलाई आक्रमण‚ हत्या गर्ने र झुटा आरोपमा फसाएको घटना देखे भोगेकाहरूको वर्णन सुन्दा पनि आङ्ग सिरिङ्ग हुन्थ्यो।

गणतन्त्र प्राप्तिपछि पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित शेख इद्रिसको घरमा बम विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो। घटनाका घाइतेहरूलाई इँट्टाभट्टामा जिउँदै जलाएको प्रत्यक्षदर्शीहरूले बताएका थिए।

यस घटनामा संलग्न भएको भनी सर्वोच्च अदालतले नेपाली कांग्रेका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई पक्राउ गर्ने आदेश दिएको थियो। त्यसपछि उनी पक्राउ परे। 
 

प्रकाशित मिति: : 2022-11-11 17:47:00

प्रतिकृया दिनुहोस्