अमेरिकी कंग्रेसको तल्लो सदनमा रिपब्लिकनलाई बहुमत, राष्ट्रपति बाइडनले दिए बधाइ

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी कंग्रेसको तल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमतका लागि आवश्यक २१८ को जादूगरी संख्या छोएको छ। माइक गार्सिया क्यालिफोर्नियाको कंग्रेसनल डिस्ट्रिक्ट २७ बाट विजयी भएसँगै रिपब्लिकन पार्टीले यो जादुगरी संख्या छोएको हो। यो संख्या छोएसँगै यसअघि बहुमतमा रहेको सत्तारूढ डेमोक्रेटिक पार्टी हाउसको बहुमत गुमाएर प्रतिपक्षमा पुगेको छ। 

मतगणना जारी छ। पछिल्लो परिणामअनुसार रिब्लिकन २१८ स्थान र डेमोक्रेटस २१० स्थानमा विजयी भएका छन्। यो संख्यामा यसअघि डेमोक्रेट्सले जितेका १८ स्थानमा रिपब्लिकन र रिपब्लिकनले जितेका ६ स्थानमा डेमोक्रेट्सको संख्या समाहित छ। यसपटक डेमोक्रेट्सलाई खुद १२ स्थान नोक्सान भएको छ 

अब परिणाम आउन अलास्का, कोलोराडो र मेनका १-१ स्थान र क्यालिफोर्नियाका ४ स्थान बाँकि रहेका छन्। बाँकि रहेका स्थानमा डेमोक्रेट्स ४ र रिपब्लिकन ३ स्थानमा अगाडि छन्। यो अग्रता कायम राख्दै जीत निकालेमा हाउसमा रिपब्लिकन २२१ र डेमोक्रेट्स २१४ स्थानमा विजयी हुनेछन्।  

परिणाम आउँन बाँकिको पछिल्लो स्थिति यस्तो छ :
अलास्का १ : 
डेमोक्रेट्स ४८. १, रिपब्लिकन २६.०८% ( ९०.१९ % मतगणना भैसकेको)
क्यालिफोर्निया ३  : रिपब्लिकन ५२.७९%,  डेमोक्रेट्स ४७. २१% (५७.११ % मतगणना भैसकेको)
क्यालिफोर्निया १३ : डेमोक्रेट्स ५०.२७%, रिपब्लिकन ४९.७३ % (८५.६ % मतगणना भैसकेको)
क्यालिफोर्निया २२  : रिपब्लिकन ५२.४३%,  डेमोक्रेट्स ४७.५७% (६३.८२ % मतगणना भैसकेको)
क्यालिफोर्निया ४७ :  डेमोक्रेट्स ५०.७९%, रिपब्लिकन ४९.२१% (८४.२८ % मतगणना भैसकेको)
कोलोराडो ३ : रिपब्लिकन ५०.१७%,  डेमोक्रेट्स ४९. ८३% (९८.६१ % मतगणना भैसकेको)
मेन २ : डेमोक्रेट्स ४८. २४% रिपब्लिकन ४४.९०% (९८.७८ % मतगणना भैसकेको)

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले हाउसमा बहुमत ल्याएकोमा रिपब्लिकन पार्टीलाई बधाइ दिएका छन्। डेमोक्रेटिक पार्टीका राष्ट्रपति उनले हाउसको रिपब्लिकन नेतृत्वसँग मिलेर काम गर्ने उत्सुक रहेको बताएका छन्। उनले मिलेर अमेरिका र अमेरिक जनताको हित काम गर्न आवहान पनि गरेका छन्।

 

 

प्रकाशित मिति: : 2022-11-17 08:16:00

प्रतिकृया दिनुहोस्