विश्वकप फुटबल: सेनेगलद्वारा आयोजक कतार पराजित

photo credit :PA
photo credit :PA

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पू-याए।

त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो। खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए।

जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ। सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ। यता कतारको यो लगातार दोस्रो हार हो।
 

प्रकाशित मिति: : 2022-11-25 21:15:00

प्रतिकृया दिनुहोस्