विश्वकप फुटबल : आज स्पेन र जर्मनी भिड्दै

photo : juan merdian\reuters
photo : juan merdian\reuters

फिफा विश्वकपको दोस्रो राउन्डमा आज ४ खेल हुँदैछ।

नेपाली समय अनुसार पहिलो खेल ३: ४५ बजे समूह (इ) को जापान र कोस्टारिकाबीच हुनेछ, दोस्रो खेल ६: ४५ बजे समूह (एफ) को बेल्जियम र मोराकोबीच हुनेछ, ९: ४५ बजे  समूह (एफ)को क्रोसिया र क्यानडा र अन्तिम खेलमा १२: ४५ बजे समूह (इ) को जर्मनी र स्पेन बीच हुने भएको छ।

जापानले आफ्नो पहिलो खेल जर्मनीसगँ खेलेको थियो भने जापानले जर्मनीलाई २–१ ले पराजित गरेको थियो। समूह अंक जोडी जापान दोस्रो स्थानमा छ भने जर्मनी समूहमा तेस्रो स्थानमा छ। कोस्टारिकाले आफ्नो पहिलो खेल स्पेनसँग खेलेको थियो। जसमा कोस्टारिकाले स्पनेसँग ७–० को हार व्यहाेरेकाे थियाे। 

त्यस्तै बेल्जियमले आफ्नो पहिलो खेल क्यानडासँग खेलेको थियो। जसमा बेल्जियमले क्यानडालाई१–० ले हराएको थियो। त्यस्तै क्रोसियाले आफनो पहिलो खेल मोरोकसँग ०–० को बराबरीमा रोकिएको थियो। 


  


 

प्रकाशित मिति: : 2022-11-27 08:00:00

प्रतिकृया दिनुहोस्