इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममाः पीडितका परिवार

File Photo
File Photo

तेहरान–इरानमा महसा अमिनीको मृत्युपछि देशव्यापी भड्किएको विरोधमा प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक जना र्‍यापरको परिवारले उनको ज्यान जोखिममा रहेको बताएको छ।

महिलाका लागि कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा सेप्टेम्बर १६ मा राजधानी तेहरानमा गिरफ्तार परेकी अमिनीको केही दिनपछि हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि इरानभर प्रदर्शन चर्किएको थियो।

इरानको र्‍याप दृश्यमा चर्चित तुमाज सालेहीलाई गत महिनाको अन्त्यमा सरकारको  आलोचना र विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका थिए । उनको जीवन गम्भीर जोखिममा रहेको उनको परिवारले ट्वीटमार्फत जानकारी दिएको छ।
 
अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन्। सयौँमाथि मुद्दा लगाइएको छ। प्रदर्शनकारीलाई झट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन्।

इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2022-11-27 14:31:00

प्रतिकृया दिनुहोस्