फिल्म ‘भगवत् गीता’ काे लागी हिरोको खोजी

प्रेमकथामा आधारित रहने फिल्म ‘भगवत् गीता’ काे लागी अभिनेताकाे खाेजी शुरू भएकाे छ। 

अभिनेत्री झरना थापाद्ववारा निर्देशनमा रहेकाे फिल्म ‘भगवत् गीता’काे मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहने छिन्, भने फिल्मकाे निर्माता सुनीलकुमार थापा रहेका छन्। 

निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको छ। यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो। तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो।

फिल्मका लागि नायकको अलवा बाल कलाकारको पनि खोजी गरिएको छ। ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो। अगामी वैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको फिल्मको छायांकन सेडुल यही मंसिर भनिएको छ।

तर कलाकार फाइनल नहुँदा फिल्मको छायांकन अन्योल बन्दै गएको छ। फिल्म जनकपुर, दार्चुला  काठमाडौंमा छायांकन हुनेछ। 


 

प्रकाशित मिति: : 2022-11-28 12:14:00

प्रतिकृया दिनुहोस्