सुकुम्वासी बस्तीमा प्रहरीकाे टाउकाे फुटाउने एमाले नेताले यसरी भड्काउँदै छन् आन्दाेलन

बस्ती खाली गर्न डाेजरसहित साेमबार दिउँसाे थापाथलिस्थित सुकुम्वासी बस्तीमा पुगेकाे काठमाडाैँ महानगर प्रहरीकाे टाेलीमाथि लाठी तथा ढुङ्गा प्रहार गर्ने मध्येका मुख्य व्यक्ति एमाले नेता भएकाे खुलेकाे छ।

सुकुम्वासी बस्तीमा पुगेका महानगर प्रहरीमध्ये महिला प्रहरीमाथि लाठी तथा ढुङ्गा प्रहार गर्ने व्यक्ति काठमाडाैँ– ३१ काेटेश्वरमा तीनतले रहेका नारायण परियार परिश्रम रहेकाे पाइएकाे छ। उनी सुकुम्वासी आयाेगकाे उपाध्यक्षसमेत रहेकाे पाइएकाे छ।

उनले आफू सुकुम्वासी रहेकाे भन्दै बस्ती खाली गर्न पुगेकाे प्रहरीकाे टाेलीमाथि ढुङ्गा/मुढा प्रहार गरेर घाइते बनाएका थिए। प्रहरीमाथि आक्रमण गर्ने उनले सुकुम्वासीकाे आन्दाेलनकाे नेतृत्व गरिरहेकाे पाइएकाे छ।

आफू सुकुम्वासी रहेकाे बताउने उनी एमालेका विभिन्न सभा तथा कार्यक्रममा सहभागी रहेकाे तस्बिरहरु फेला परेका छन्। भर्खरै सम्पन्न निर्वाचनमा पनि उनी काठमाडाैँका एमाले उम्मेदवारलाई जिताउन चुनावी अभियानमा खटिएका थिए। उनैले विभिन्न आश्वासन दिएर सुकुम्वासीहरुलाई एमालेलाई भाेट हाल्न लगाएकाे र आन्दाेलन पनि उनैले भड्काएकाे स्राेतले जनाएकाे छ।

वास्तविक सुकुम्वासीहरुले न्याय नपाएकाे तर सुकुम्वासी भनेर राज्य स्राेतमाथि हालिमुहाली गर्ने प्रचलन बढेकाे भन्दै आलाेचना भइरहेका बेला उनकाे वास्तविकताले सबैलाई चकित बनाएकाे छ।

मंगलबार काठमाडाैँमा भएकाे एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनकाे संरक्षण गर्नेगरी अभिव्यक्ति दिएका थिए। जसकाे काठमाडाैँका मेयर बालेन साहले कडा प्रतिवाद गरेका छन्।

प्रकाशित मिति: : 2022-11-30 10:00:00

प्रतिकृया दिनुहोस्