मिस अर्थ– २०२२ मा नेपाललाई ऐतिहासिक सफलता !

फिलिपिन्सकाे राजधानी मनिलामा सम्पन्न मिस अर्थ– २०२२ अन्तगर्त नेपाललाई सरिशा श्रेष्ठले ऐतिहासिक सफलता दिलाएकी छन्। बुधबार सम्पन्न ग्राण्ड फिनालेमा सरिशा पेजेन्टको सबटाइटल इको-भिडियो प्रतिस्पर्धामा उत्कृष्ट भएकी हुन्।

सरिशाले हात पारेकाे याे सबटाइटल एसियाकै उत्कृष्ट हाे। अन्तिम २० मा छनौट हुन नसके पनि मिस नेपाल अर्थ सरिशाले सिंगो एसिया महादेशमै यो विधामा सबटाइटल उपाधि प्राप्त गरेकी हुन्। सरिशा डाक्टर तथा टेलिभिजन हाेस्ट हुन्।

मिस अर्थमा नेपालले हासिल गरेको यो उपलब्धी पहिलोपटक हो। सरिशाले इको-भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् जसलाई निकै रुचाइएको थियो।

त्यस्तै मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन्।

संसारका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए। मिस अर्थको यो २२औं संस्करण वातावरण संरक्षणका मुद्दाहरु प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: : 2022-11-30 12:10:00

प्रतिकृया दिनुहोस्