गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह

गायक सुनिल गिरीले उदयपुरकी  अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन्।

को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

हालै ५  महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन्।

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनयसमेत गरेका छन्।

नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन्। जसको सम्पादन र कलरिङ विवेक विकले गरेका हुन्।

भिडियाे लिंक :

प्रकाशित मिति: : 2022-12-01 16:32:00

प्रतिकृया दिनुहोस्