यस निर्वाचनबाट कम्तीमा ७ राष्ट्रिय दल बन्दै, एकीकृत समाजवादीको 'लक्षण देखिएन'

बिबिसी

काठमाडाैँ

अन्तिम चुनावी नतिजा सार्वजनिक हुन लाग्दा सत्ता गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभामा समानुपातिकतर्फ राष्ट्रिय दल बन्न आवश्यक न्यूनतम तीन प्रतिशत मत पुर्‍याउन सङ्घर्षरत देखिन्छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार शुक्रवार बिहानसम्मको अवस्थामा समानुपातिकतर्फ १ लाखभन्दा केही बढी मत गणना हुन बाँकी देखिन्छ।

“सदर हुने देखिएको झण्डै १ करोड ४ लाख आसपासको कुल समानुपातिक तर्फको मतमा झण्डै ३ लाख १५ हजार जति मत प्राप्त गरेको अवस्थामा थ्रेसहोल्ड कट्ने देखिन्छ,” अर्याल भन्छन्।

प्रकाशित मिति: : 2022-12-02 11:09:00

प्रतिकृया दिनुहोस्