निर्माता सेनविरुद्ध परेको उजुरी खारेज गर्ने निर्माता संघको निर्णय

चलचित्र निर्माता संघले  ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध दिएको ठगीको उजुरी चलचित्र निर्माता संघले खारेज गर्ने निर्णय गरेको छ। 

उजुरीको विषयमा संघले बोलाएको दुवै पक्षको छलफलमा निर्माता सेनले सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेपछि उजुरी खारेज गर्ने निर्णय संघले गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए।

‘हामीले दुवै पक्षलाई शुक्रबार दिउँसो छलफलमा बोलाएका थियौ’ अध्यक्ष खड्काले भने, ‘निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने आएनन्। त्यसकारण पनि हामीले निवेदनलाई अघि नबढाउने निर्णय गरेको हो।’

निर्माता सेन विरुद्ध सिक्किम निवासी रामगोपाल राईले आफूहरूबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रूपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार निर्माता संघमा निवेदन उजुरी दिएका थिए।

प्रकाशित मिति: : 2022-12-03 14:36:00

प्रतिकृया दिनुहोस्