डा. कृष्णजङ्गको कमिसन कारोबार, ट्रमा सेन्टर आएका बिरामीलाई लेटरहेडमै मूल्य तोकेर ‘कुण्डलिनी’ पठाए

उकेरा

काठमाडौं

 बुधबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. कृष्णजंग साहले एक २६ वर्षीय पुरुषलाई एमआरआईका लागि निजी संस्थामा पठाएको खुलेको छ।

उकेरालाई प्राप्त तथ्यअनुसार डा.साहले ट्रमा सेन्टरको प्रेस्कृप्सन लेटरमा चण्डोलस्थित ‘कुण्डलीनी डाइग्नोस्टिक सेन्टर’को नाम र सम्पर्क नम्बर लेखेरै एमआरआई गरेर ल्याउन बिरामीलाई पठाएको खुलासा भएको हो।

त्यतिमात्रै हैन उनले एमआरआईको शुल्कसमेत लेटरहेडमा नै लेखिदिए– १० हजार रूपैयाँ। ती बिरामीलाई बुधबार नै डा. साहले कुण्डलिनी जान भने।

ढाडको एमआरआई गर्न डा. साहले ट्रमा सेन्टर पुगेका बिरामीलाई वीर अस्पताल नपठाएर निजी संस्थामा पठाए। ‘तल्लो ढाड’को सामान्य किसिमको एमआरआई वीर अस्पतालमा नै हुने गर्छ। अस्पताल प्रशासनसँग बुझ्दा ढाड र हड्डीको सामान्य एमआरआई वीरमा नै हुने थाहा पाइयो।

 

 

 

प्रकाशित मिति: : 2022-12-08 18:22:00

प्रतिकृया दिनुहोस्