ब्राजिललाई क्रोएसियाको चुनौती

File Photo
File Photo

कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन्।

पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ।

क्रोएसिया साविक उपविजेता हो। ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ। त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन्।

प्रकाशित मिति: : 2022-12-09 08:50:00

प्रतिकृया दिनुहोस्