‘सरी मम’ काे रिलिज हुने मिति सर्याे

नेपाली चलचित्र  ‘सरी मम’ को प्रदर्शन मिति परिवर्तन भएकाे छ।

निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति मंसिर २९ बाट माघ ५ पुर्याएको हो। प्रचार प्रसार र हलिउड फिल्म ‘अवतार’ एकै समयमा रिलिज हुने भएकाे कारण फिल्म सारिएको निर्माता विनोद लामाले बताएका छन्। 

फिल्मले दुव्र्यसनीविरुद्धको आवाज उठाएको छ। फिल्मको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ। यो फिल्म युवा तथा किशोरावस्था उमेर लक्षित छ।

फिल्ममा नविन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको  अभिनय छ।

प्रकाशित मिति: : 2022-12-13 15:55:00

प्रतिकृया दिनुहोस्