२०२२काे मिस इन्टरनेसनल उपाधि जर्मनीले पाएकाे छ।
जर्मनीकी २२ वर्षीया प्रतियोगी जस्मिन सेलबर्गले मिस इन्टरनेसनल उपाधि प्राप्त गर्न सपल भएकी हुन्।
जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप भएका थिए।
विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।