नयाँ सरकार गठनका लागि संसदलाई भन्दा राष्ट्रपतिलाई चटारो !

सरकार गठनका लागि आह्वान भइसकेपछि शपथको मिति तोकियो

रातोपाटी

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न सात दिनको समयावधि दिएर दलहरुलाई आह्वान गरेको भोलिपल्ट मात्र अर्थात् सोमबार सांसदहरुको शपथको मिति निर्धारण भएको छ ।​ सांसदहरुले शपथ ग्रहण नगरी राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेको भन्दै संविधानविद्हरुले प्रश्न उठाइरहेकै समयमा संसद सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथको मिति तोकेको हो ।

राष्ट्रपतिले गत आइतबार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र नयाँ सरकार गठन गर्न एक साता समयावधिसहित आह्वान गरेकी हुन् । सोमबार संसद सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने गरी मिति तोकेको हो । संविधान अनुसार सरकार गठन र विघटनको जिम्मेवारी संसदको हो । तर, नवनिर्वाचित संसदले वैधानिकता नपाउँदै राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेको भन्दै केही कानुनविद्ले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति: : 2022-12-19 17:55:00

प्रतिकृया दिनुहोस्