मेसीका लागि पढाइ छाडेकी एन्टोनेला

लियोनल मेसीले फिफा वर्ल्डकप २०२२ मा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाए। फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जितिरहँदा मेसीभन्दा बढी खुसी उनकी श्रीमती एन्टोनेला रोकुजो नै भइन्।

मेसी पत्नी एन्टोनेला कुनै स्टारभन्दा कम छैनन्। एन्टोनेला एक प्रख्यात मोडल हुन्। उनले डेन्टिस्ट विषय पढेकी छन्। तर मेसीलाई सहयोग गर्न उनले आफ्नो पढाइलाई नै छोडिन् र मेसीसँग बस्न बार्सिलोना पुगिन्। बीचैमा पढाइ छोडेकाले उनी डेन्टिस्ट त भइनन्, तर उनले मोडलिङमा भाग्य चम्काइन्।

एन्टोनेला र मेसी पाँच वर्षयता सँगै छन्। दुवैले सन् २०१७ मा विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्। तर फिटनेस र सुन्दरताको मामिलामा एन्टोनेला कुनै अभिनेत्रीभन्दा कम छैनन्।

एन्टोनेला सामाजिक सञ्जालमा राज नै गर्छिन्। उनको इन्स्टाग्राममा २४ दशमलब ९ मिलियन फलोअर्स छन्। उनी ३४ वर्षकी भइन्। उनी प्रायः विकिनी लुक्सका कारण चर्चामा आउँछिन्। एन्टोनेला विशेष विकिनी लुक्सका कारण चर्चामा आउँछिन्। उनी प्रायः विकिनी तस्बिर सेयर गरेर फ्यानलाई ‘क्लिन बोल्ड’ गर्छिन्।

उनको इन्स्टाग्राम हेन्डल हेर्दा एन्टोनेला र मेसीलाई समुन्द्री तटमा रोमान्टिक मुद्रामा बसेको देख्न सकिन्छ।

प्रकाशित मिति: : 2022-12-21 16:23:00

प्रतिकृया दिनुहोस्