बालगायक सचिन परियार अस्पताल भर्ना

बालगायक सचिन परियार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। 

अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको आइसीयूमा राखेर भइरहेको छ। बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएकाे छैन। 

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको छ। अहिले उनलाई सास फेर्न कठिनाइ भइरहेको छ भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका छैनन्। परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ।


 

प्रकाशित मिति: : 2022-12-23 13:01:00

प्रतिकृया दिनुहोस्