को बन्छ 'भ्वाइस अफ नेपाल' : नेपालको नेपाली कि अमेरिकाको भुटानी ?

आज नेपालले चौथो भ्वाइस अफ नेपाल पाउँदैछ । तर, बिडम्बना एक डलर बराबर १३२ रूपैया भएको यो बेला भ्वाइस अफ नेपाल नेपालकै नेपाली हुने हो कि अमेरिकाको  भुटानी यसै भन्न सकिने स्थिति छैन।

फिनालेमा अमेरिकाका करण राई र नेपालका योगेश मगर, सविना योङहाङ र शाइल लिम्बू  पुगेका छन् । उनीहरूमध्ये एकजना यस सिजनको भ्वाइस अफ नेपाल हुनेछन् । झापाका योगेशले कोच प्रमोद खरेलको प्रतिनिधित्व गर्छन् भने झापाकै सविनाले कोच राजेश पायल राईको प्रतिनिधित्व गर्छिन् ।र यसैगरी झापाकै साइलले कोच प्रविशाको प्रतिनिधित्व गर्छन् भने पूर्वभुटानी अमेरिकाका करण राईले कोच राजु लामाको प्रतिनिधित्व गर्छन् ।

भ्वाइस अफ नेपाल प्रतिभाले भन्दा पनि पैसा र पहुँचले हुने परिस्थिति छ। सुरूवाति दिनमा कोचहरूले आफ्ना दर्शक कहाँ छन्, त्यसैको हिसावकिताब गर्छन्। यो एक किसिमको पहुँचको कुरा भयो । जब भोटिङ राउण्ड सुरू हुन्छ, त्यसपछि भोटको कुरा आउँछ, भोट पैसाले किन्नुपर्छ। 

भ्वाइस अफ नेपालमा सुरूदेखि नै पहुँच र पैसा नै हाबी हुदै आएको छ । त्यसमा पनि खासगरी अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरूको साथ र समर्थन जसले पाउँछ, उसैले जित्ने अवस्था सिर्जना हुँदै आएको छ । पहिलो सिजनको भ्वाइस अफ नेपाल पोखराका सीडी विजय अधिकारी भए । तर, उनी भुटानीका खास्सा गायक भएकाले भुटानीकै भोटमा विजयी भएका थिए । तेस्रो सिजनमा त अमेरिकी नागरिक भैसकेका एक नेपालीभाषी भुटानी किरण गजमेर नै भ्वाइस अफ नेपाल भैदिए। 

आशा गरौं, यसपकट नेपाली नै 'भ्वाइस अफ नेपाल' बनोस् !

भ्वाइस अफ नेपाल- यसको सोझो अर्थ हो,नेपालको भ्वाइस । तर, यो रियालिटी शोमा भुटान, भारत,अमेरिका सबैतिरका नेपालीभाषी जम्मा पारिन्छ र भ्वाइस अफ नेपाल हैन, नेपालीभाषी भ्वाइस खोजिन्छ। कि नाम नै भ्वाइस अफ नेपालीभाषी भन्नुपर्यो। हैन भ्वाइस अफ नेपाल भन्ने हो भने त्यो नेपालकै भ्वाइस हुनुपर्यो।

यसअघि अमेरिकी डलरले भोट किनेर एकजना पूर्वभूटानी अमेरिकी नागरिक भ्वाइस अफ नेपाल बनाइए।उनी क्षमतावान् थिए, नेपालीभाषी थिए, उनीप्रति सम्मान छ। तर, उनी यो यो टाइटलका लागि हकदार थिएनन् ।एक अमेरिकी नागरिक नेपाली भाषा बोलेकै भरमा भ्वाइस अफ नेपाल हुने अनि नेपालका प्रतिभा भने त्यसबाट बिमुख हुनुपर्ने ? त्यो पनि प्रतिभा नभएर हैन, अमेरिकी डलरले किन्न सक्ने भोट नभएर ।

यो त फौबन्जारी व्यापार भयो।
आशा गरौं, यसपटक त्यस्तो ब्यापार नहोस्।

किरणलाई भ्वाइस अफ नेपाल बनाउन कोच प्रमोद खरेल ज्यान फालेर लागेका थिए । यसमा उनको स्वार्थ भनेको अमेरिकाको सांगीतिक टुरमा भुटानी स्रोताको जोहो गर्नु नै थियो । भुटानीहरूको प्रमोदलाई मेरो भ्वाइस कपको निर्णायकको प्रलोभनले दिएको कुरा ओपन सिक्रेट थियो । तर, पछि के कुरा मिलेन, उनलाई हिस्स पारिदिए।

यसपटक नेपालीभाषी भुटानी मुलका अमेरिकी नागरिक करण राई फाइनलमा पुगेका छन् । पर्फर्मेन्समा चाँहि अब्बल रहेका उनी गायनमा फ्याँ छन् । तर, पनि राजु लामाले आफ्नो समुहमा नेपालीलाई छोडेर भुटानी, भारतीय र अमेरिकी मात्र छान्दा प्राविधिक कारणले अगाडि बढ्दै करण भोटिङ राउण्डमा पुगे।  त्यसपछि त अमेरिकी डलरले गर्नसम्म गरिहाल्यो , उनले अब्बल क्षमताका भुटानका रैथाने भुटानी र सिक्किमका भारतीय पछाडि छोडी दिए।

यसपटक १ अमेरिकी डलर बराबर १३२ रूपैया पुगेको बेला करणको पल्ला भारी नहोला भन्न सकिन्न । यसैपनि भुटानीहरू नेपाली र भुटानीको कुरा आएपछि शिविर र बस्तीको पुरानो कुरा निकालेर बस्तीकालाई 'देखाइदिनुपर्छ' भनिरहेकै हुन्छन् । उनीहरूको भाषामा बस्तीका भनेको नेपाली हो । 

यसअघिका किरण गजमेर गायनमा प्रतिस्पर्धात्मक नै थिए तर यसपटकका करण धेओे पछि छन् । यस्तो स्थितिमा पनि शिविरकै भ्वाइस अफ नेपाल भएका या त प्रतियोगिताको नाम नै फेरेर भ्वाइस अफ नेपालीभाषी भन्नुपर्ने हुन्छ या त नेपालकै भ्वाइस अफ नेपाल हुनुपर्छ भनेर जनमत सिर्जना गर्नुपर्ने हुन्छ। यसबाहेक अर्को कुनै विकल्प छैन। 

हेरोैं, यसपटक भ्वाइस अफ नेपाल  नेपालकै नेपाली हुन्छ वा अमेरिकाको भुटानी ?  

प्रकाशित मिति: : 2022-12-23 22:00:00

प्रतिकृया दिनुहोस्