चिसो आँधीमा कक्रिएको छ मन: कसरी भनौं ह्याप्पी क्रिसमस !

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिका 'क्रिसमस इभ'मा छ। तर, मौसमी प्रतिकुलताका कारण कम्तिमा पनि  यो रात १५ करोड अमेरिकी चिसो आँधीमा कक्रिएका छन्। यसरी कक्रिएका मनहरूसँगै बसेर कसरी भन्न सकिंदोरहेछ र, ह्याप्पी मेरी क्रिसमस !

चिसो आँधी चल्दा अमेरिकामा कम्तीमा पनि २० जनाको मृत्यु भैसकेको छ भने हजारौको संख्यामा उद्धार गरिएकाहरू अस्पतालमा पुर्याइएका छन्। 

विजुली अवरूद्ध हुँदा आठ लाख मानिस अन्धकारमा छन्। उनीहरूको घरमा क्रिसमसको उज्यालो छैन। 

१० हजार उडान रद्द हुँदा क्रिसमस मनाउन गरिएको यात्रा योजना पूरै बिथोलिएको छ। पैदल मार्गबाट यात्रामा निस्केकाहरू बाटैमा फसेका छन्। 

अमेरिका 'क्रिसमस इभ'मा छ। तर, मौसमी प्रतिकुलताका कारण कम्तिमा पनि  यो रात १५ करोड अमेरिकी चिसो आँधीमा कक्रिएका छन्। यसरी कक्रिएका मनहरूसँगै बसेर कसरी भन्न सकिंदोरहेछ र, ह्याप्पी मेरी क्रिसमस !

तापक्रम घटेर कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियसम्म ओर्लिएको छ।

यस्तो प्रतिकुल मौसम अर्को सातासम्म नै कायम रहने भविष्यवाणी गरिएकोले थप निराशा बढेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले "जाडो मौसमको चेतावनी समेटिएको हालसम्मकै सबैभन्दा व्यापक चित्रण" भएको बताएको छ।

अमेरिकाभरि नै कीर्तिमानी चिसो बढे पनि चिसो आँधीको कहरमा अमेररिकाका सबै राज्य परेका छैनन्। १२ राज्य अत्याधिक प्रभावित छन्। तर, १५ करोडभन्दा बढी अमेरिकी अत्यधिक चिसो मौसमका कारण जोखिमको सामना गरिरहेका छन्।

यिनै जोखिम सामना गरिरहेका अमेरिकीहरूको देशमा बसिएको छ। उनीहरू खुशी नभैरहेको बेला कसरी भन्न सकिदोरहेछ - ह्याप्पी क्रिसमस ? 

हेरौ अर्को साता मौसममा परिवर्तन आउला। उनीहरूको जीवनमा पनि खुशी आउला। अनि भनौला, ह्याप्पी न्यू इअर २०२३ !

 

प्रकाशित मिति: : 2022-12-25 05:12:00

प्रतिकृया दिनुहोस्