बालुवाटारमा देउवाले जब ‘साथीहरू मानेनन्’ भने, त्यसपछि टुट्यो सत्ता गठबन्धन

रातोपाटी

काठमाडाैँ

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफै राख्ने नेपाली कांग्रेसको अडानका कारण सत्ता गठबन्धन टुटेको छ । नयाँ निर्वाचनपछि प्रधानमन्त्रीमा आलोपालो नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहमति भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति नबन्दा झण्डै २ वर्षअघि बनेको गठबन्धन टुटेको हो । 

आइतबार निर्णायक छलफल भन्दै बालुवाटारमा भएको तीन दलका नेताबीचको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुरलाई पूर्व सहमतिअनुसार प्रधानमन्त्री छोड्न पुनः आग्रह गरेका थिए ।

‘पहिला गरेको सहमतिअनुसार तपाईंले पहिलो प्रधानमन्त्री छोड्नुस्’, बैठकमा प्रचण्डले देउवालाई भनेका थिए । तर जवाफमा देउवाले प्रधानमन्त्री छोड्न साथीहरुले नमानेको भन्दै ‘साथीहरु असहमत भए’, भन्ने जवाफ दिएका थिए । त्यसपछि अव बस्नुको औचित्य छैन भन्दै प्रचण्ड बालुवाटारबाट निस्केका थिए ।

प्रकाशित मिति: : 2022-12-25 18:18:00

प्रतिकृया दिनुहोस्