बलिउडमा हालका दिनमा रिमेकको चलन बढ्दो छ।
साउथका फिल्मलाई हिन्दीमा रिमेक गरिरहेका निर्माताहरू अब हलिउडतिर नजर लगाउन थालेका छन्। यो क्रमको सुरुवात फ्रेञ्च एक्सन थ्रिलर फिल्म ‘द ट्रान्सपोर्टर’बाट हुने भएको छ।
सन् २००२ मा रिलिज यो फिल्मको हिन्दी रिमेक विशाल राणाले गर्दै छन्। विशालले फिल्मको रिमेक गर्ने र आफ्नो प्रोडक्सन हाउस इकोलोन प्रोडक्सनको व्यानरमा बनाउनका लागि उनले आधिकारिक अधिकार किनिसकेका छन्।
विशालका अनुसार फिल्मका लागि ऋतिक रोशन, टाइगर श्राफ र रणवीर सिंहमध्ये कोही एक कलाकार लिने तयारी भइरहेको छ।तर उनको ध्यान भने ऋतिक र टाइगरमै केन्द्रित छ।