बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ चैत ३ गतेदेखि हलहरूमा प्रदर्शनमा हुने भएको छ।
बहुपति प्रथा नेपालकाे हिमाली क्षेत्रमा प्रचलनमा रहेको छ।
उक्त फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्कीको प्रमुख अभिनय रहेकाे छ। देवजंग थापाले निर्देशन गरेकाे उक्त फिल्मकाे छायांकन डाेल्पामा गरिएकाे छ। भने छायांकन सुशील अधिकारी र नमराज घिमिरेले गरेका हुन्।
फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेको पनि अभिनय छ।
फिल्म अभिनेत्री सुहाना थापा सीईओ रहेको फिल्म वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ।