फर्केर हेर्दा २०२२ : युक्रेन युद्ध, अमेरिका–चीन तनावदेखि इरानी महिलाहरूको विद्रोहसम्म

लोकान्तर

विन्देश दहाल

आज ईस्वी संवतअनुसार नयाँ वर्ष २०२३ को पहिलो दिन हो । सन् २०२२ मा विश्वमा भएका प्रमुख घटनाक्रमहरूलाई फर्केर हेर्ने उपयुक्त अवसर यस दिनले दिएको छ । वर्ष २०२२ मा भएका मुख्य-मुख्य घटनाक्रमलाई यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ :

सन् २०२२ को सबभन्दा महत्त्वपूर्ण घटनाक्रम रुस–युक्रेन द्वन्द्व नै हो । वर्षैभरि यस युद्धको चर्चा संसारभरि भइरह्यो । 

लगभग एक वर्ष जति युक्रेन सीमा नजिक तैनाथ गरिएको रुसी सेनाले फेब्रुअरी २४ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको एक सम्बोधनपछि युक्रेनी भूमिमा प्रवेश गरी आक्रमण गर्न थालेको थियो । रुसलाई पश्चिमले सुरक्षा प्रत्याभूति नदिने अनि युक्रेनलाई नेटोको सदस्य बनाउने अडान लिएपछि रुसले अस्तित्वगत जोखिमको अनुभव गरी युक्रेनमाथि आक्रमण गरेको थियो । 

प्रकाशित मिति: : 2023-01-01 18:01:00

प्रतिकृया दिनुहोस्