कर्णालीमा गठबन्धनभित्रै टकराव

अन्नपूर्ण पोष्ट

बिस्नप्रसाद न्याैपाने
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सुर्खेत : कर्णालीमा वर्तमान गठबन्धनबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन। राष्ट्रिय राजनीतिमा फेरिएको समीकरणको प्रभाव प्रदेशमा पर्दा एमाले–माओवादीले सरकार बनाउने कुरामा आ–आफ्ना अडान कायम राखेर पार्टी केन्द्रमा लबिङ गरिरहेका छन्। उनीहरू केन्द्रको निर्देशनको पर्खाइमा छन्।

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले कर्णालीमा प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टी र आफैले गर्ने दाबी गरे। उनले भने, ‘यो प्रदेश माओवादी पार्टीको आधार इलाका हो। यहाँ हामीले नेतृत्व नगरेर अरू कसले गर्छ। यो प्रदेशको नेतृत्व हामीले दाबी गर्नुका धेरै कारणहरू छन्। हामी संसद्मा एमालेभन्दा ठूलो दल हौं। अन्य प्रदेशको तुलनामा यो प्रदेशमा सांगठानिक रूपमा पनि हामी बलिया छौं। एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने कारण के छ ?’ मंसिरको २९ गते नै माओवादीले प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले गर्ने निर्णय गरेर केन्द्रमा पठाइसकेको छ।

प्रकाशित मिति: : 2023-01-04 08:44:00

प्रतिकृया दिनुहोस्